विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

त्रिवेणी न्युज

2025-06-19

दुम्किबास । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका नवप्रवर्तन साझेदारी कोष परियोजनाको लागि छनोट भएको छ । गाउँपालिकाले प्रस्ताव गरेको प्रविधिमैत्री सिकाइ परियोजना छनोट भएको हो । 
परियोजना मार्फत गाउँपालिका भित्रका विभिन्न ७ वटा माध्यामिक तहका विद्यालयहरुमा प्रविधिमैत्री सिकाइ कार्यक्रम लागु हुने गाउँपालिका अध्यक्ष घनश्याम गिरीले जानकारी दिनुभयो । विद्यालयमा प्रविधिमैत्री सिकाइ र त्यसको प्रत्यक्ष नियमन गाउँपालिका शिक्षा शाखाबाट गर्न मिल्नेगरी स्वीकृत परियोजनाको प्रस्तावना तयार भएको उहाँले बताउनुभयो । 
गाउँपालिका भित्रका भानुदय नमूना माध्यामिक विद्यालय, मणिसंगम माध्यामिक विद्यालय, सुर्यज्योती माध्यामिक विद्यालय, दिपेन्द्र माध्यामिक विद्यालय, भानुदय माध्यामिक विद्यालय धुर्कोट, शिवपुरगढी माध्यामिक विद्यालय र नारायणी गण्डकी माध्यामिक विद्यालयमा परियोजनाको एक करोड ५० लाख रुपैयाँ र गाउँपालिकाको ६५ लाख रुपैयाँ लगानीमा परियोजना कार्यान्वयन हुने प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डितले जानकारी दिनुभयो ।
परियोजनाका लागि गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयले प्रारम्भीक प्रस्तावनामा छनोट भएका स्थानीय तहहरुलाई बिस्तृत प्रस्तावना पेश गर्न सूचना जारी गरेको थियो । बिस्तृत परियोजनाका लागि प्रस्तावना पेश गरेका मध्ये विनयी त्रिवेणी गाउँपालिका पहिलो नम्बरमा छनोट भएको गाउँपालिका शिक्षा शाखा प्रमुख भुपराज पाण्डेले जानकारी दिनुभयो । 
गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय मार्फत कार्यान्वयन हुने परियोजनाका यस वर्ष विभिन्न चार वटा स्थानीय तह छनोट भएका छन् ।  


# राष्ट्रिय # अर्थ-रोजगार # सुचना-प्रविधि # गण्डकी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ०% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( १००% )

प्रतिक्रिया

यो पनि पढौँ

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

भर्खरको पोस्ट

विनयी त्रिवेणी गाउँपालिकाको नयाँ प्रशासनिक भवनको शिलन्यास

जैविक मल उत्पादक सामुदायिक वनलाई प्रविधि हस्तान्तरण

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

ट्रेन्डिङ

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .