सर्दीक्षेत्रमा झिंगाको आतंक बढेपछि ह्याचरीमा गाउँपालिकाको अनुगमन

त्रिवेणी न्युज

2024-11-05

कावासोती । विनयी त्रिवेणी गाउँपालिका वडा नं. ३ र ४ मा रहेका ह्याचरी तथा ठुला कुखुरा फर्महरूको गाउँपालिकाले अनुगमन गरेको छ । सर्दी क्षेत्रमा झिंगाहरू अत्याधिक लाग्न थालेको गुनासो स्थानीयले गरेपछि गाउँपालिका उपाध्यक्ष भगवती बैदवार क्षेत्री नेतृत्वको टोलिले मंगलबार त्यस क्षेत्रमा रहेका ह्याचरी तथा फर्मको अनुगमन गरेको हो । 
मौरीको हुल जसरी झिंगा बस्तीमा अत्याधिक देखिएको गुनासो प्राप्त भएपछि स्थलगत अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष बौदवारले बताउनुभयो । ह्याचरी तथा ठुला फर्महरूबाट कुखुराको सुली निकाल्ने समयमा भएको कारण झिंगा बढेको अनुगमनको क्रममा भेटिएको उहाँले बताउनुभयो । झिंगाको कारण मानव स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई ध्यानमा राखेर सुलि निकाल्दा अपनाउनु पर्ने सावधानिका उपायहरु अबलम्वन गर्न गाउँपालिकाले व्यवसायीहरूलाई निर्देशन समेत दिएको छ । 
हिउँदे बाली लगाउने तयारीमा रहेका कृषकहरूले ह्याचरी तथा कुखुरा फर्मबाट खरिद गरेको खुली खेतबारीमा त्यसै छर्केर मात्रै छाडेका कारण पनि झिंगाको प्रकोप बढेको हो । खेतबारीमा सुली हाल्न साथ खेत जोत्नका लागि समेत गाउँपालिकाले कृषकहरूलाई अनुरोध गरेको छ । खुल्लारूपमा सुली खेतबारीमा राख्दा झिंगाको समस्या अझै बढ्न सक्ने भएकाले त्यसको सहि व्यवस्थापन गर्न पालिकाले व्यवसायिलाई निर्देशन र कृषकलाई समेत अनुरोध गरेको गाउँपालिकाका प्रशासन शाखा प्रमुख याम प्रसाद पौडेलले बताउनुभयो । 
विनयी त्रिवेणी गाउँपालिकाको विभिन्न स्थानमा ठुला ह्याचरी तथा कुखुरा फार्महरू सञ्चालनमा छन् । ति ह्याचरी तथा फार्म आसपासको क्षेत्रमा समय समयमा झिंगाहरू देखिने गरेको स्थानीयहरू बताउछन् । अहिले धानबाली भित्राउने र हिउँदेबाली लगाउने समय भएकाले कुखुराको सुली (मल) को माग अत्याधिक हुने गर्छ । 
अनुगमनको क्रममा गाउँपालिकाको कार्यालयमा व्यवसाय दर्ता नविकरण गर्न बाँकी रहेको व्यवसायीहरूलाई तत्काल व्यवसाय दर्ता प्रक्रियामा आउन र नविकरण गर्न बाँकी भए नविकरण गर्न समेत अनुगमन टोलिले निर्देशन दिएको छ । व्यवसाय सञ्चालन गर्दा पुरा गर्नुपर्ने मापदण्डहरू पुरा गर्न निर्देशन दिदै आगामी दिनमा त्यसो नभएको भेटिए कारवाही गरिने समेत गाउँपालिकाले जनाएको छ । 
झिंगाको कारण सृजना हुन सक्ने सम्भाव्य जोखिमलाई ध्यानमा राखेर गाउँपालिकाबाट उपाध्यक्ष बैदवारको नेतृत्वमा इलाका प्रहरी कार्यालय दुम्किबास इन्स्पेक्टर राजन प्रसाद तिमिल्सिना, निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपराज पाण्डेय, प्रशासन शाखा प्रमुख याम प्रसाद शर्मा पौडेल, स्वास्थ्य शाखा प्रमुख ध्रुबराज काफ्ले, पशु चिकित्सक प्रीती यादव, नगरप्रहरी सहितको टोलि प्रभावित क्षेत्रमा पुगेको थियो । 
अनुगमनको क्रममा टोलिले झिंगाको कारण मानव स्वास्थ्यमा पर्न सक्ने जोखिम व्यवस्थापनका लागि सचेत बन्न समेत स्थानीयलाई अनुरोध गरेको छ । 


# राजनिती # अर्थ-रोजगार # स्वास्थ्य # गण्डकी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ४२.८६% )

दुःखी ( ५७.१४% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

भर्खरको पोस्ट

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .