भूकम्प पीडितका लागि मध्यविन्दु नगरपालिकाले दुई लाख रुपैया सहयोग गर्ने

त्रिवेणी न्युज

2023-11-04

नवलपुर । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकाले शुक्रबार रातिको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्दार, राहात र पुनस्र्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । 
मध्यविन्दु नगरपालिका प्रमुख भिमलाल अधिकारीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भूकम्पका पीडितहरुको उद्दार, राहात र पुनस्र्थापनाका लागि नगरपालिका र नगरबासीको तर्फबाट नगरपालिकाबाट दुई लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको हो । नगर प्रमुख अधिकारीले प्रेस विज्ञप्ति मार्फत भूकम्पमा परी मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । यस्तै मृतकका परिवारजनलाई समवेदना र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत नगर प्रमुखले गर्नु भएको छ । 
विपत्तिको हालको अवस्थामा सबै तहका सरकार, राजनैतिक दल, संघसंस्था, नागरिक सबै मिलेर पीडितहरुको उद्दार, राहात र पुर्नस्थापनामा जुट्न आवश्यक रहेको उहाँले बताउनुभयो । नगरपालिकाको तर्फबाट उक्त रकम नेपाल सरकार वा सरकारी विपत् कोष मार्फत पीडितहरुको लागि पठाइने उहाँले बताउनुभयो । 
शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पको कारण जाजरकोट र पश्चिम रुकुमका ठुलो जनधनको क्षति भएको विवरणहरुको प्राप्त भइरहेको छ । 


# राष्ट्रिय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ४२.८६% )

दुःखी ( १४.२९% )

अचम्मित ( ०% )

उत्साहित ( २८.५७% )

आक्रोशित ( १४.२९% )

प्रतिक्रिया

यो पनि पढौँ

विनयी त्रिवेणी गाउँपालिकाको नयाँ प्रशासनिक भवनको शिलन्यास

जैविक मल उत्पादक सामुदायिक वनलाई प्रविधि हस्तान्तरण

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै विनयी त्रिवेणीका कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र

कार्यसम्पादन सूचकको मुल्यांकनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

भर्खरको पोस्ट

विनयी त्रिवेणी गाउँपालिकाको नयाँ प्रशासनिक भवनको शिलन्यास

जैविक मल उत्पादक सामुदायिक वनलाई प्रविधि हस्तान्तरण

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .