स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा मध्यविन्दु नगरपालिका गण्डकी प्रदेशको उत्कृष्ट

त्रिवेणी न्युज

2024-02-28

चोरमारा । स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका गण्डकी प्रदेशमा उच्चतम अंक प्राप्त गरेको छ । आर्थिक वर्ष २०७९/०८० को मुल्यांकनमा मध्यविन्दु नगरपालिकाले ९०.५० अंक प्राप्त गर्दै प्रदेशको स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा प्रथम बनेको हो । वित्तीय सुशासन जोखिम मुल्यांकनमा नवलपुरका तिन वटा स्थानीय तह उत्कृष्ट १० भित्र रहेका छन् । बौदीकाली गाउँपालिका ८३.५ अंक सहित चौंथो स्थान र गैंडाकोट नगरपालिका ८१.५ अंक सहित छैठौं स्थानमा पर्न सफल भएका हुन् । 
योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा प्रतिवेदन, अनुगमन, मुल्यांकन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापन गरी पाँच वटा विषय क्षेत्रको मुल्यांकनको आधारमा वित्तीय सुशासन जोखिम मुल्यांकन गरिएको हो । 
यस अगाडी २०७८/०७९ को स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा समेत मध्यविन्दु नगरपालिका गण्डकी प्रदेशको पहिलो नम्बरको पालिका बनेको थियो । उक्त वर्ष मध्यविन्दु नगरपालिकाले ८९.५ अंक प्राप्त गरेको थियो । 


# राष्ट्रिय # अर्थ-रोजगार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( १००% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

कावासोतीमा टप–नच इन्टरनेशनल एजुकेशन सञ्चालनमा

मध्यविन्दुको हाम्रो खुशी पाठ्यक्रम मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममा छनोट

मध्यविन्दु नगरकार्यपालिकाको बैठक फोहोरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रमा

गडार खोला पुलको शिलान्यास

भर्खरको पोस्ट

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .