विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

त्रिवेणी न्युज

2025-07-11

दुम्कीबास । नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले गण्डकी प्रदेश सरकारसँगको लागत साझेदारीमा “प्रविधिमैत्री सिकाइ परियोजना” सञ्चालन गर्न सम्झौता गरेको छ । सामुदायिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग बढाउँदै शिक्षा प्रणालीमा गुणात्मक सुधार ल्याउने उद्देश्यसहित परियोजना सञ्चालन हुनेछ ।  
शुक्रबार गाउँपालिका अध्यक्ष घनश्यम गिरीको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको तर्फबाट प्रदेश कार्यक्रम व्यवस्थापक उपसचिव टीकाराम पौडेल र गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सुमग पण्डितले हस्ताक्षर गर्नु भएको हो । 
गाउँपालिकाको आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा समावेश गरिएको यस परियोजनाको लागि प्रदेश सरकार अन्तर्गतको नवप्रवर्तनात्मक साझेदारी कोष बाट लागत साझेदारी हुने गरी सम्झौता गरिएको हो । सम्झौता अनुसार, कुल लागत २ करोड १५ लाख रुपैयाँ रहेकोमा ६५ लाख गाउँपालिकाले स्वयं बहन गर्नेछ ।
प्रविधिमैत्री सिकाइ परियोजना मार्फत गाउँपालिकाका सातै वडाका सात सामुदायिक माध्यमिक विद्यालयहरूमा कम्प्युटर, इन्टरनेट, डिजिटल उपकरण, ई–लाइब्रेरी र क्ष्ऋत् प्रयोग कक्ष स्थापना गरिने गाउँपालिकाका शिक्षा अधिकृत भुपराज पाण्डेले बताउनुभयो । 
पहिलो चरणमा सात वटा विद्यालयलाई प्रविधिमैत्री बनाउदै गाउँपालिकाको समग्र शैक्षिक सिकाईलाई समय अनुकुल बनाउने उदेश्य सहित अबको कार्यक्रमहरु सञ्चालन हुने गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । उहाँका अनुसार परियोजना मार्फत दिगो विकास लक्ष्य (क्म्न्) का ५० भन्दा बढी सूचकमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । महिला, दलित, जनजाति लगायत सीमान्तकृत समुदायका विद्यार्थीहरूको प्रविधिमा पहुँचलाई प्राथमिकतामा राखिएको छ ।
२०८३ असार १५ गतेसम्म सञ्चालन हुने परियोजनाबाट करिब ४००० विद्यार्थी, १५० शिक्षक, ७ विद्यालय प्रत्यक्ष लाभान्वित हुनेछन् भने समुदायस्तरमा झण्डै ६ हजार अभिभावक तथा सरोकारवाला अप्रत्यक्ष रूपमा लाभान्वित हुने अनुमान छ ।


# राष्ट्रिय # अर्थ-रोजगार # सुचना-प्रविधि # गण्डकी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( १००% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

भर्खरको पोस्ट

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै विनयी त्रिवेणीका कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र

ट्रेन्डिङ

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .