मध्यविन्दुको हाम्रो खुशी पाठ्यक्रम मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममा छनोट

त्रिवेणी न्युज

2024-02-05

मध्यविन्दु । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा निर्माणको चरणमा रहेको हाम्रो खुशी पाठ्यक्रम गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममा छनोट भएको छ । 
मध्यविन्दु नगरपालिकामा हाल हाम्रो खुशी पाठ्यक्रम निर्माणको अन्तिम चरणमा रहेको छ । गण्डकी प्रदेश सरकारले गत मंसिर २३ गते माग गरेको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन प्रस्तावनामा मध्यविन्दु नगरपालिकाले दुई करोड १५ लाख रुपैया बराबरको हाम्रो खुशी शैक्षिक सुधार परियोजना प्रस्तावना पेश गरेको थियो । विभिन्न चरणमा नगरपालिकाले पेश गरेको प्रारम्भीक र बिस्तृत परियोजना प्रस्तावना स्वीकृत भएको नगर प्रमुख भिमलाल अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रम छनोट निर्देशन समितिले माघ २१ गते मध्यविन्दु नगरपालिका सहित विभिन्न १७ वटा स्थानीय तहको नवप्रवद्र्धन कार्यक्रम छनोट गरेको हो । माघ २८ गते भित्र नगरपालिकालाई कार्यक्रम सम्झौताको लागि आउन मुख्यमन्त्री कार्यालयले सोमबार पत्रचार गरेको छ । 
नगरपालिकामा हाम्रो खुशी पाठ्यक्रम निर्माण भई कार्यान्वयनमा लैजाने अन्तिम चरणमा रहेको नगर प्रमुख अधिकारीले बताउनुभयो । नगरपालिकाले हाम्रो खुशी पाठ्यक्रम निर्माणको लागि गत एक वर्ष देखि विभिन्न अन्तरक्रिया, शैक्षिक भ्रमण, गोष्ठि तथा कार्यशालाहरु गरिरहेको छ । नगरपालिकामा पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्र नै स्थापना गरेर हाम्रो खुशी पाठ्यक्रम निर्माण भइरहेको छ । 
कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनको लागि अध्ययन केन्द्र सहित विभिन्न चरणका कार्यान्वयन ईकाइहरु समेत गठन गरेर प्रशिक्षणहरु भइरहेको छ । 
मध्यविन्दु नगरपालिकामा गत वर्ष मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम मार्फत फोहर मैला व्यवस्थापनको काम भइरहेको छ । वातावरण प्रदुषण न्यूनिकरण, फोहरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन कार्यक्रम अहिले कार्यान्वयनको चरणमा रहेको छ । 

 


# राष्ट्रिय # अर्थ-रोजगार # गण्डकी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( १००% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

कावासोतीमा टप–नच इन्टरनेशनल एजुकेशन सञ्चालनमा

मध्यविन्दु नगरकार्यपालिकाको बैठक फोहोरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रमा

गडार खोला पुलको शिलान्यास

भर्खरको पोस्ट

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .