भूकम्प पीडितका लागि विनयी त्रिवेणी गाउँपालिकाले दुई लाख रुपैया सहयोग गर्ने

त्रिवेणी न्युज

2023-11-05

नवलपुर । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिकाले जाजरकोट केन्द्र बनाई गएको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्दार, राहात र पुनस्र्थापनाका लागि दुई लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
गाउँपालिका अध्यक्ष घनश्याम गिरीले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै भूकम्पका पीडितहरुको उद्दार, राहात र पुनस्र्थापनाका लागि गाउँपालिका र गाउँपालिकाबासीको तर्फबाट गाउँपालिकाबाट दुई लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको हो । उहाँले भूकम्पमा परी मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । यस्तै मृतकका परिवारजनलाई समवेदना र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गाउँपालिका अध्यक्षले गर्नु भएको छ ।
शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पको कारण जाजरकोट र पश्चिम रुकुममा ठुलो जनधनको क्षति भएको छ । यस अगाडी नवलपुरको मध्यविन्दु नगरपालिकाले पनि भूकम्प पीडितको लागि दुर्य लाख आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।  

 


# राष्ट्रिय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ८०% )

दुःखी ( ०% )

अचम्मित ( २०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

विनयी त्रिवेणी गाउँपालिकाको नयाँ प्रशासनिक भवनको शिलन्यास

जैविक मल उत्पादक सामुदायिक वनलाई प्रविधि हस्तान्तरण

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै विनयी त्रिवेणीका कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र

कार्यसम्पादन सूचकको मुल्यांकनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

भर्खरको पोस्ट

विनयी त्रिवेणी गाउँपालिकाको नयाँ प्रशासनिक भवनको शिलन्यास

जैविक मल उत्पादक सामुदायिक वनलाई प्रविधि हस्तान्तरण

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .