नारायणगढ लियो र भरतपुर गुर्खाजले क्रिकेटरलाई सम्मान

त्रिवेणी न्युज

2023-09-25

चितवन, मंसिर १८– लियो क्लव अफ नारायणगढ र भरतपुर गुर्खाजले चितवनका पुरुष तथा महिला क्रिकेटरहरुलाई सम्मान गरेको छ ।

 

शनिबार स्व.लायन जीतबहादुर पिया भोकेसनल ट्रेनिङ सेन्टर नारायणगढमा एक कार्यक्रमकाबीच खेलाडीहरुलाई सम्मान गरिएको हो । क्लवका संस्थापक अध्यक्ष प्रोफेसर लायन डा.तुलसी धरेलले खेलाडीहरुलाई खादा ओढाएर सम्मान गरेका थिए । सो क्रममा बोल्दै प्रमुख अतिथि डा.धरेलले खेलाडीहरुलाई क्लवले सम्मान गर्नु निकै उत्कृष्ट कार्य भन्दै यस्तै हौसल खेलाडीहरुलाई प्रदान गर्न जरुरी रहेको बताए । उनले रचनात्मक कार्य गर्दै आएको लियो क्लव अफ नारायणगढ परिवारलाई धन्यवाद समेत प्रकट गरे ।

 

कार्यक्रममा लियो क्लव अफ नारायणगढका पूर्व अध्यक्ष एवं भरतपुर गुर्खाजका मालिक सबल पिया, लियो डिष्ट्रिक्ट काउन्सील ३२५ बी १२ का अध्यक्ष लियो अनिश लामिछाने, लियो क्लव अफ नारायणगढका पूर्व अध्यक्ष रविन अधिकारी, निवर्तमान अध्यक्ष गणेश जिसीलगायतले मन्तव्य व्यक्त गरेका थिए । यस्तै क्रिकेटरका तर्फबाट संघर्ष पौडेल र हेलिसा गुरुङले मन्तव्य व्यक्त गरेका थिए ।

 

कार्यक्रम क्लवका अध्यक्ष लियो मोहन तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो । लियो क्लव अफ नारायणगढले छिट्टै क्रिकेटरहरुको ट्यालेन्ट हन्ट कार्यक्रम गर्दैछ । सो कार्यक्रमबाट छनोट हुने खेलाडीहरुले चितवन प्रिमियर लिगमा खेल्न पाउने छन् ।


# खेलकुद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ०% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

त्रिकोणात्मक सिरिज : फाइनल पुगिसकेको नेपाल आज युएईसँग खेल्दै

राष्ट्रिय क्रिकेटः वाग्मती प्रदेश विजयी

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटः बैतडीको टोली छनोट

‘ए’ डिभिजन लिग फुटबल

ए डिभिजन लिग फुटबल : सुमनको गोलमा पुलिस विजयी

भर्खरको पोस्ट

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

ट्रेन्डिङ

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .