प्रहरीद्वारा सर्लाहीको १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट

त्रिवेणी न्युज

2023-12-08

सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिका–१४ नारायणखोलामा प्रहरीले आज शुक्रवार १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ। अवैध  रुपमा स्थानीयले लगाएको करिब १५ बिघाको गाँजा फडानी गरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रविण धितालले जानकारी दिनुभयो ।

गाँजा फडानी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली सहित स्थानीय प्रशासनका अधिकारीहरु नारायणखोला पुगेका थियो । अवैध रुपमा लगाइएको गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत गाँजा फडानी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बताउनुभयो । गाँजा खेती लगाइएको स्थानको थप पहिचान गरेर अभियानलाई थप कडाइका साथ लागू गरिने स्थानीय प्रशासनको तयारी छ।

प्रत्येक वर्ष प्रहरीले त्यस क्षेत्रमा गाँजा फडानी गरेको गरेको भए पनि स्थानीयले गाँजा खेती गर्न भने छाडेका छैनन् । सडकको राम्रो पहुँच नभएको दुर्गम चुरे क्षेत्रका स्थानीयले अन्नबालीको विकल्पमा गाँजा खेती रोजेका हुन् ।

त्यस क्षेत्रमा भारतीय व्यापारीले स्थानीय किसानको जग्गा भाडामा लिएर गाँजा खेती लगाउने गरेका छन्। यसरी उत्पादन भएको गाँजा तयारी गरेर नेपाल सहित भारतका विभिन्न बजारहरुमा महँगो मूल्यमा बिक्री हुने गरेको छ।


# राष्ट्रिय # मधेस प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ०% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

भर्खरको पोस्ट

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

ट्रेन्डिङ

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .