एमाले विनयी त्रिवेणीको प्रशिक्षण सम्पन्न

त्रिवेणी न्युज

2024-02-07

तिर्थराज डुम्रे
दुम्कीबास । नेकपा एमाले विनयी त्रिवेणी गाउँपालिका कमिटीको आयोजनामा बुधबार पार्टी कार्यालयमा पालिका स्तरीय प्रशिक्षण भएको छ । पालिका भित्रका पार्टी जिल्ला कमिटी, पालिका कमिटी र वडा कमिटीका पदाधिकारीहरुलाई गाउँपालिका कमिटीले प्रशिक्षण राखेको हो । 
प्रशिक्षण कार्यक्रममा नेतृत्व, पार्टी निर्माण सञ्चालन र ब्यवस्थापनको बारेमा पार्टी जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले प्रशिक्षण दिनुभयो । पार्टीको दशौं महाधिवेशनद्वारा पारित सिद्धान्त नीति कार्यक्रम र कार्यदिशा तथा आगामी कार्यभारबारे पार्टी केन्द्रीय सदस्य तिलक महत, पार्टी र जनप्रतिनिधिहरुको सम्बन्ध, समाजबादको आधार निर्माण योजनाबारे केन्द्रीय सदस्य रविन्द्र अधिकारी र राजनितिक दलहरुको तुलानात्मक अध्ययनबारे एमाले पोलिटब्यूरो सदस्य एवम् नवलपुर इञ्चार्ज मना जि.सी.ले प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षण कार्यक्रममा एमाले केन्द्रीय सल्लाहाकार परिषद् सदस्य चन्द्रमणी खरालले पार्टीको विविध पक्षहरुबारे जानकारी गराउनु भएको थियो । 
प्रशिक्षणमा सहभागी पार्टीका विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारीहरुलाई पार्टीको हित र पार्टीको संगठन बिस्तार अभियानमा लाग्न नेतृत्वहरुले प्रशिक्षित गर्नु भएको थियो । 
प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टी विनयी त्रिवेणी गाउँपालिका कमिटी अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष घनश्याम गिरीले पार्टीको नीति र जनता प्रत्यक्ष लाभाम्वीत हुनेगरी गाउँपालिकाबाट सेवाप्रवाह भइरहेको बताउनुभयो । उहाँले पार्टीबाट प्राप्त सुझावहरुको कार्यान्वयन र जनमुखी कार्यक्रम निर्माण गरी समृद्ध विनयी त्रिवेणी निर्माणको आधारशिला निर्माण भएको उल्लेख गर्नुभयो । 
कार्यक्रमा नेकपा एमालेका विभिन्न कमिटीका सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा संविधान सभा सदस्य एवम् एमाले नेता जिवन श्रेष्ठ, एमाले गण्डकी प्रदेश सदस्य एवम् क्षेत्र नं. २ इञ्चार्ज भिमलाल अधिकारी, क्षेत्र नं. २ (ख) इञ्चार्ज कृष्ण बि.क. लगायतको उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रममा करिव दुई सय पार्टी कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो । 


# राष्ट्रिय # राजनिती # गण्डकी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ०% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( १००% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै विनयी त्रिवेणीका कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र

कार्यसम्पादन सूचकको मुल्यांकनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

भर्खरको पोस्ट

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

ट्रेन्डिङ

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .