विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

त्रिवेणी न्युज

2025-05-01

विनयी त्रिवेणी – “समृद्ध राष्ट्र निर्माणका लागि श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने मुख्य नाराका साथ विनयी त्रिवेणी गाउँपालिका रोजगार शाखाको आयोजनामा १३६औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा मनाइएको छ।

कार्यक्रम गाउँपालिका कार्यपालिका सदस्य कृष्णबहादुर दरैंको अध्यक्षता र कार्यपालिका सदस्य कृष्ण बिकेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो अवसरमा पालिकाभित्रका करिब १५ जना उत्कृष्ट श्रमिक तथा महिला उद्यमीहरूलाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा जनप्रतिनिधि मानबहादुर ढेंगा, सामाजिक व्यक्तित्व हुमलाल ढकाल, झुपि विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए। उनीहरूले श्रमिक वर्गको योगदानको उच्च मूल्याङ्कन गर्दै श्रमिकहरूको हक, अधिकार र सुरक्षाको सुनिश्चितताका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रम सञ्चालन रोजगार संयोजक दीपक विश्वकर्माले गर्नुभएको थियो। श्रमिकको सम्मान र अधिकारको संरक्षणमार्फत समृद्ध समाज निर्माणको बाटो पहिल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले बताएका छन्।


# राष्ट्रिय # अर्थ-रोजगार # गण्डकी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( १००% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

कावासोतीमा टप–नच इन्टरनेशनल एजुकेशन सञ्चालनमा

मध्यविन्दुको हाम्रो खुशी पाठ्यक्रम मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममा छनोट

मध्यविन्दु नगरकार्यपालिकाको बैठक फोहोरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रमा

गडार खोला पुलको शिलान्यास

भर्खरको पोस्ट

विनयी त्रिवेणी गाउँपालिकाको नयाँ प्रशासनिक भवनको शिलन्यास

जैविक मल उत्पादक सामुदायिक वनलाई प्रविधि हस्तान्तरण

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

ट्रेन्डिङ

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .