मुस्ताङमा स्याउ उत्पादन बढ्यो

त्रिवेणी न्युज

2023-09-25

मुस्ताङमा यस वर्ष स्याउ उत्पादन बढेको छ । मुस्ताङमा गत वर्षको तुलनामा नौ प्रतिशतले स्याउ उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्ष पाँच हजार १०० मेट्रिकटन स्याउ उत्पादन भएको मुस्ताङमा यस वर्ष पाँच हजार ५६४ मेट्रिकटन स्याउ फलेको जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको तुलनामा नौ प्रतिशतले स्याउको उत्पादन बढेको छ ।

 

“क्षेत्रफल विस्तार र अनुकुल मौसमका कारण स्याउ उत्पादन बढेको हो”, उहाँले भन्नुभयो, “पाँच सय २० हेक्टर क्षेत्रफलमा लगाइएको एक लाख पचास हजार बोटले फल दिन्छन् ।” मुस्ताङमा उत्पादन भएको स्याउ बेचेर कृषकले रु ५५ करोड भित्र्याएका छन् । प्रतिकिलो रु १०० का दरले स्याउ बिक्री भएको थियो ।

 

मुस्ताङको एक हजार ४४० हेक्टर जमिनमा स्याउ खेती भएकामा ५२० हेक्टरका बोटले उत्पादन दिन्छन् । अघिल्लो वर्ष एक हजार ४०० हेक्टरमा स्याउ खेती भएकामा ५०० हेक्टरका बोटले फल दिएको थियो । घरपझोङमा ५७२, बारागुङ मुक्तिक्षेत्रमा ५९४, थासाङमा १६२, लोघेकर दामोदरकुण्डमा ८६ र लोमान्थाङ गाउँपालिकामा २९ हेक्टर जमिनमा स्याउ खेती भएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।

 

केन्द्रका अनुसार थासाङ गाउँपालिकामा ८९८, घरपझोङ गाउपालिकामा दुई हजार ५६८, बारागुङ मुक्तिक्षेत्रमा एक हजार ९३६, लोघेकर दामोदरकुण्डमा १२० र लोमान्थाङमा ३२ मेट्रिकटन स्याउ उत्पादन भएको हो । वारागुङ मुक्तिक्षेत्रमा नयाँ स्याउका बिरुवा विस्तार गरिएकाले केही कम उत्पादन भएको हो । घरपझोङको मार्फामा स्याउ बोटमा सान जोस स्केलको प्रकोप र स्क्याप रोगको प्रकोपले उत्पादन प्रभावित बनाएको छ ।

 

यस वर्ष मुस्ताङको मार्फाबाहेक अन्य स्थानका स्याउ किसानले उचित बगैचा व्यवस्थापन र रोग नियन्त्रण गर्न सकेकाले उत्पादन वृद्धि भएको हो । अस्सी प्रतिशत स्याउ दसैं–तिहारमा जिल्ला बाहिरिएको थियो । बिक्री भइनसकेको बाँकी २० प्रतिशत स्याउमध्ये केही चिस्यान गृहमा राखिएको छ । केही स्याउको खुद्रा बिक्री र स्याउको विभिन्न परिकारका लागि प्रशोधनमा उपयोग हुने गर्छ। 

 

मुस्ताङमा रैथाने रेड डेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र सेतो गोल्डेन डेलिसियस जातको स्याउ खेती गरिएको छ । पछिल्लो समय किसानले छिटो र धेरै उत्पादन दिने उच्च घनत्वको स्याउका बिरुवा लगाउन थालेका छन् । गत वर्ष उच्च घनत्वका ५० हजार स्याउका बिरुवा वितरण गरिएको थियो ।

 

 


# अर्थ-रोजगार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ०% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

सर्दीक्षेत्रमा झिंगाको आतंक बढेपछि ह्याचरीमा गाउँपालिकाको अनुगमन

स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा मध्यविन्दु नगरपालिका गण्डकी प्रदेशको उत्कृष्ट

कावासोतीमा टप–नच इन्टरनेशनल एजुकेशन सञ्चालनमा

मध्यविन्दुको हाम्रो खुशी पाठ्यक्रम मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममा छनोट

मध्यविन्दु नगरकार्यपालिकाको बैठक फोहोरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रमा

गडार खोला पुलको शिलान्यास

भर्खरको पोस्ट

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

ट्रेन्डिङ

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .