विद्यार्थी कल्याणकारी कोषमा एक लाख ५० हजारको अक्षयकोष स्थापना

त्रिवेणी न्युज

2023-11-04

नवलपुर । नवलरासी पूर्वको मध्यविन्दु नगरपालिका – १० का स्व. शेर बहादुर विश्वकर्मा (कालिराज) को स्मृतिमा मध्यविन्दु–१२ को सरस्वती नमूना आधारभूत विद्यालयमा एक लाख ५० हजार रुपैयाको अक्षयकोष स्थापना भएको छ । 
स्व. शेर बहादुर विश्वकर्माको मृत्यु भएको ११ दिनको दिन उहाँको परिवारले विद्यालयमा स्थापना भएको विद्यार्थी कल्याणकारी अक्षयकोषमा रकम हस्तान्तरण गर्नु भएको हो । शनिबार उहाँको घरमा आयोजित श्रद्धाञ्जली सभामा स्व. शेर बहादुर विश्वकर्मा (कालिराज) को स्मृतिमा श्रीमती पार्वती बिश्वकर्मा, छोराहरु राम प्रसाद विश्वकर्मा (कालिराज) र प्रकाश विश्वकर्मा (कालिराज) तथा परिवारको सहभागितामा नेपाल बैंक लि. मा रहेको विद्यालयको अक्षयकोष खातामा क्युआर कोड मार्फत नगद एक लाख ५० हजार रुपैयाँ जम्मा गरिदिनु भएको हो । उक्त कार्यक्रममा परिवारको तर्फबाट छोरा राम प्रसाद विश्वकर्मा (कालिराज) ले वुवाले यस क्षेत्रमा गर्नुभएको योगदानलाई निरन्तरता दिदै वहाँको सम्झनामा अतिविपन्न जहेन्दार बालबालिकाहरुका लागि अक्षय कोषको रकम हस्तान्तरण गरिएको बताउनु भयो । 
शनिबार भएको श्रद्धान्जली सभा तथा अक्षयकोष स्थापना कार्यक्रममा प्रमुख अतिथि रहनु भएका सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष डा. यम बहादुर विश्वकर्माले स्व. शेर बहादुर विश्वकर्माले आफ्नो जिवनमा गर्नु भएको सामाजिक कार्यको निरन्तरताको रुपमा परिवारले स्थापना गरेको अक्षयकोषको प्रशंसा गर्नुभयो । श्रद्धान्जली सभा तथा अक्षयकोष हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपलाल अर्याल र प्रधानाध्यापक जनकराज पोख्रेलले विद्यालयको तर्फबाट  श्रद्धाञ्जली पत्र हस्तान्तरण गर्दै स्व. शेर बहादुर विश्वकर्मा (कालिराज) को परिवारबाट विद्यालयलाई निरन्तर गरिएको सहयोगले अति विपन्न र जेहेन्दार बालबालिकाको शैक्षिक उन्ननयनमा महत्वपूर्ण भुमिका खेलेको कुरा प्रष्ट पार्नुका साथै हाल सम्मकै सबैभन्दा ठुलो राशीबाट अक्षयकोष स्थापना गर्नुभएकोमा श्रीमती पार्वती बिश्वकर्मा, छोराहरु राम प्रसाद विश्वकर्मा (कालिराज), प्रकाश विश्वकर्मा (कालिराज) र परिवारजनलाई हार्दिक धन्यवाद दिनुभएको थियो ।
संयुक्त दलित समाज, मध्यविन्दु १० ले आयोजना गरेको श्रद्धान्जली सभा कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो । सो क्रममा उहाँहरुले स्व. शेर बहादुर विश्वकर्माले सामाजिक क्षेत्रमा खेल्नु भएको भूमिका र त्यसैको निरन्तरताको रुपमा परिवारले गरेको अक्षयकोष स्थापना कार्य प्रशंसा गर्नु भएको थियो । 


# अर्थ-रोजगार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ५०% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ५०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

सर्दीक्षेत्रमा झिंगाको आतंक बढेपछि ह्याचरीमा गाउँपालिकाको अनुगमन

स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकनमा मध्यविन्दु नगरपालिका गण्डकी प्रदेशको उत्कृष्ट

कावासोतीमा टप–नच इन्टरनेशनल एजुकेशन सञ्चालनमा

मध्यविन्दुको हाम्रो खुशी पाठ्यक्रम मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममा छनोट

मध्यविन्दु नगरकार्यपालिकाको बैठक फोहोरमैला व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्रमा

गडार खोला पुलको शिलान्यास

भर्खरको पोस्ट

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

ट्रेन्डिङ

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .