संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै विनयी त्रिवेणीका कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र

त्रिवेणी न्युज

2025-04-20

संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै विनयी त्रिवेणी गाउँपालिकामा कार्यरत स्थानीय सेवाका कर्मचारीहरुले गाउँपालिका अध्यक्ष मार्फत राज्य व्यवस्था तथा सुशासन समितिलाई ध्यानाकर्षण गराएका छन् । 
गाउँपालिका अध्यक्ष घनश्याम गिरी मार्फत बुझाईएको ध्यानाकर्षण पत्रमा स्थानीय सेवामा कार्यरत कर्मचारीहरुलाई तेस्रो तहका नागरिकको दर्जा जसरी व्यवहार गरिएको भन्दै तत्काल ऐन मार्फत आफ्ना मागहरु सम्बोधन गर्न समितिको ध्यानाकर्षण गराइएको छ । संघीय संरचनामा तीन तहका सरकारहरूबीच समन्वय र सेवा प्रवाहलाई प्रभावकारी बनाउन संघीय निजामती सेवा ऐन आवश्यक रहेको उल्लेख गरिएको छ । हालको अवस्थाले स्थानीय तहका कर्मचारीहरूको मनोबलमा असर परेको भन्दै शीघ्र संघीय सेवा ऐन ल्याउन जोड दिइएको छ ।
पटक पटक ध्यानाकर्षण गराउदा समेत राज्य व्यवस्था तथा सुशासन समितिको उदासिनताका कारण सरकारले २०८० असोज २७ मा गरेको सम्झौता र स्थानीय तहका कर्मचारीका विषयमा दर्ता भएको संशोधन प्रस्तावमा भएका कुराहरुलाई संघीय निजामती सेवा ऐनमा समावेश गराइ छिटो भन्दा छिटो संघीय निजामती सेवा ऐन जारी गर्न दवाव स्वरुप चरणबद्ध आन्दोलनका कार्यक्रम घोषण गर्न बाध्य भएको ध्यानकर्षण पत्रमा उल्लेख छ । 
ध्यानाकर्षण पत्र बुझ्दै गाउँपालिका अध्यक्ष गिरीले जनताको नजिकको सरकारको रुपमा रहेको स्थानीय तहमा कार्यरत कर्मचारीहरु कानुन कै अभावमा आफ्नो अधिकारको उपभोगबाट बञ्चीत हुनु परेको महसुस गर्ने अवस्था सृजना हुनु गम्भीर विषय भएको बताउनुभयो । उहाँले प्राप्त ध्यानाकर्षण पत्र समितिमा सम्प्रेषण गर्ने सहित आफ्नो तर्फबाट समेत ऐन जारी गर्न ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभयो । 
ध्यानाकर्षणपत्रमा गाउँपालिकामा कार्यरत कर्मचारीहरुले हस्ताक्षर गरेका छन् । ध्यानाकर्षण पत्रको बोधार्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री, र मुख्य सचिवलाई समेत पठाइएको छ ।

ध्यानाकर्षण पत्र


# राष्ट्रिय # राजनिती # गण्डकी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( १००% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

विनयी त्रिवेणी गाउँपालिकाको नयाँ प्रशासनिक भवनको शिलन्यास

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

कार्यसम्पादन सूचकको मुल्यांकनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

एमाले विनयी त्रिवेणीको प्रशिक्षण सम्पन्न

भर्खरको पोस्ट

विनयी त्रिवेणी गाउँपालिकाको नयाँ प्रशासनिक भवनको शिलन्यास

जैविक मल उत्पादक सामुदायिक वनलाई प्रविधि हस्तान्तरण

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

ट्रेन्डिङ

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .