विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

त्रिवेणी न्युज

2024-07-30

तिर्थराज डुम्रे
नवलपुर । नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि नेपाल सरकार मन्त्रीपरिषद् बैठकले ६ रोपनी जग्गाको भोगाधिकार दिने निर्णय गरेको छ । 
मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ मा रहेको ६ रोपनी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने निर्णय गरेको हो । हाल गाउँपालिका भवन रहेको स्थानभन्दा उत्तर तर्फ पूर्वपश्चिम राजमार्गसंग जोडिएको स्थानमा ६ रोपनी जग्गा भोगाधिकारको लागि प्राप्ती भएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । 
राजमार्ग भन्दा उत्तर तर्फ रहेको उक्त स्थानमा भवन निर्माणका लागि गाउँपालिकाले दुई वर्ष अगाडीबाट पहल शुरु गरेको थियो । जग्गा प्राप्ती भएसंगै अब त्यहाँ रहको रुखहरुको हटाउने र प्रशासनिक भवन निर्माणको लागि आवश्यक तयारी गर्ने काम शुरु गर्ने तयारीमा गाउँपालिका रहेको अध्यक्ष गिरीले बताउनुभयो । 
हाल विनयी त्रिवेणी गाउँपालिकाको कार्यालय रहेको स्थान साँधुरो हुदाँ कार्यालय व्यवस्थापपन र प्रशानिक कार्य सम्पादनमा समेत असहजता हुदै आएको छ । हाल गाउँपालिकाको कार्यालय परिषरसंगै वडा नं. २ को वडा कार्यालय समेत रहेको छ । 
गाउँपालिकाले नयाँ प्रशासनिक भवन निर्माण पूर्व लागि आवश्यक प्राविधिक कार्यहरु गरिसकेको छ । गाउँपालिकाको प्रशासनिक भवन सहित कार्यालय परिषरको नक्सांकन निर्माण भई सकेको छ । सोही अनुसार अब प्रशासनिक भवन निर्माणको काम शुरु हुनेछ । 
गण्डकी प्रदेशको भारतसंग सिमानाका जोडिएको एक मात्रै स्थानीय तहको रुपमा रहेको यस गाउँपालिकाले दुम्कीबास त्रिवेणी सडक निर्माण, आधारभूत स्वास्थ्य चौकी निर्माणको लागि जग्गा प्राप्ती लगायतको कामलाई प्राथमिकतामा राखेर काम अगाडी बढाएको गाउँपालिका अध्यक्ष गिरीले बताउनुभयो । 

 

 

 

 


# राष्ट्रिय # राजनिती # गण्डकी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ५०% )

दुःखी ( २५% )

अचम्मित ( ०% )

उत्साहित ( २५% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

विनयी त्रिवेणी गाउँपालिकाको नयाँ प्रशासनिक भवनको शिलन्यास

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै विनयी त्रिवेणीका कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र

कार्यसम्पादन सूचकको मुल्यांकनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

एमाले विनयी त्रिवेणीको प्रशिक्षण सम्पन्न

भर्खरको पोस्ट

विनयी त्रिवेणी गाउँपालिकाको नयाँ प्रशासनिक भवनको शिलन्यास

जैविक मल उत्पादक सामुदायिक वनलाई प्रविधि हस्तान्तरण

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

ट्रेन्डिङ

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .