कार्यसम्पादन सूचकको मुल्यांकनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट

त्रिवेणी न्युज

2025-02-13

तिर्थराज डुम्रे
चोरमारा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन सूचकको मुल्याङ्कनको आधारमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ ।
गाउँपालिका ७३.२ अंक सहित जिल्लाको उत्कृष्ट र गण्डकी प्रदेशको आठौं उत्कृष्ट स्थानीय तह बनेको हो । नवलपुर जिल्लामा विनयी त्रिवेणी गाउँपालिका उत्कृष्ट हुदाँ क्रमशः देवचुली नगरपालिकाले ७१.४ अंक, गैंडाकोट नगरपालिकाले ७०.९ अंक, मध्यविन्दु नगरपालिकाले ६८.६ अंक, बौदीकाली गाउँपालिकाले ६३.९ अंक, कावासोती नगरपालिकाले ६२.९ अंक, हुप्सेकोट गाउँपालिकाले ६०.८ अंक र बुलिङ्गटार गाउँपालिकाले ४६.३ अंक प्राप्त गरेका छन् ।गाउँपालिकालाई देशमै उत्कृष्ट स्थानीय तह निर्माण गर्ने सन्दर्भमा   हरेक क्षेत्रमा चरणबद्ध काम भई रहेको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । आर्थिक सुशासन, जनताप्रति जवाफदेही बन्दै यो बिचमा गाउँपालिकाले बिकास निर्माण, राजश्व संकलनमा सफलता प्राप्त गरेको गिरीले बताउनुभयो । आयोगले सार्वजनिक गरेको सूचक अनुसार संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ । सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्यांकसमेतको आधारमा आयोगले कार्यसम्पादन मूल्यांकन गरेको हो ।
स्थानीय तहको कार्यसम्पादन मूल्यांकनका लागि विभिन्न १७ वटा सूचक तय गरिएको थियो । पालिकाले समयमै बजेट पेस गरे-नगरेको, असार मसान्तभित्र बजेट पास गरे-नगरेको, स्थानीय तहले करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे-नगरेको, आउँदो आर्थिक वर्षको लागि आय व्ययको प्रक्षेपण गरिएको तथ्यांकसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे-नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कार्तिक मसान्तभित्र सार्वजनिक गरे-नगरेकोलगायतका विषयमा मूल्यांकन गरिएको हो ।
त्यस्तै आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे-नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसूति संख्यालगायत शीर्षकका सूचकको आधारमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो ।


# राष्ट्रिय # राजनिती # गण्डकी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( १००% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै विनयी त्रिवेणीका कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

एमाले विनयी त्रिवेणीको प्रशिक्षण सम्पन्न

भर्खरको पोस्ट

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

ट्रेन्डिङ

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .