स्थानीय तहका कर्मचारी आन्दोलित

त्रिवेणी न्युज

2023-10-10

नवलपुर । सरकारले ल्याउन लागेको सङ्घीय निजामती विधेयकको विरोधमा स्थानीय तहका कर्मचारी निरन्तर आन्दोलित छन् । स्थानीय तहमा पेन डाउन गरेका कर्मचारीहरु अहिले काठमाण्डौं केन्द्रीत आन्दोलन जारी राखेका हुन् । आन्दोलनमा सहभागी हुन देशभरका स्थानीय सेवाका कर्मचारीहरु काठमाण्डौं भेला भएको विनयी त्रिवेणी गाउँपालिकाका लेखा अधिकृत राजु सुवेदीले बताए । 
कर्मचारीले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग अघि सारेका छन् । स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समितिमार्फत आन्दोलनमा उत्रिएका हुन् । गत असोज १४ गतेदेखि काठमाडौँको माइतीघरमा धर्ना जारी छ । कर्मचारीले आफुहरुलाई विभेद गरेको बताएका छन् । कर्मचारीले सहमतिमा सात सय ५३ स्थानीय तहमा वैज्ञानिक पूर्वानुमानयोग्य चक्रीय प्रणालीमा सरुवा गरिनु पर्ने, जुन सुकै तहमा बहाल रहेको कर्मचारीलाई तिनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनु पर्ने, स्थानीय सेवाका कर्मचारीहरूलाई ट्रेड युनियनको अधिकार प्रदान गरिनु पर्ने लगायतमा माग पनि गरेका छन् ।
कर्मचारीहरुले पेड डाउन (सेवा प्रवाह बन्द) लेखिएको प्रोफाईल समेत अहिले आफ्नो सामाजिक सञ्जालमा अपलोड गरेका छन् । स्थानीय स्तरमा समेत समिति गठन गरेका कर्मचारीहरुले प्रतिनिधि मुलक रुपमा काठमाण्डौंमा सहभागिता र स्थानीय तहमा समेत धर्ना लगायतको कार्यक्रम जारी राखेको सुवेदीले बताउनुभयो ।


# राष्ट्रिय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ०% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

विनयी त्रिवेणी गाउँपालिकाको नयाँ प्रशासनिक भवनको शिलन्यास

जैविक मल उत्पादक सामुदायिक वनलाई प्रविधि हस्तान्तरण

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै विनयी त्रिवेणीका कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र

कार्यसम्पादन सूचकको मुल्यांकनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

भर्खरको पोस्ट

विनयी त्रिवेणी गाउँपालिकाको नयाँ प्रशासनिक भवनको शिलन्यास

जैविक मल उत्पादक सामुदायिक वनलाई प्रविधि हस्तान्तरण

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

ट्रेन्डिङ

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .