मध्यविन्दुमा हाम्रो खुशी पाठ्यक्रम सम्बन्धी कार्यशाला

त्रिवेणी न्युज

2024-01-05

चोरमारा । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा आगामी शैक्षिक शत्र २०८१ देखि हाम्रो खुशी पाठ्यक्रम लागु गर्नेगरी पाठ्यक्रम निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 
नगरपालिकामा हाम्रो खुशी पाठ्यक्रम निर्माणको काम अहिले विभिन्न चरणमा भइरहेको छ । पाठ्यक्रम निर्माणको लागि पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्र गठन गरेर काम भइरहेको छ । गत वर्ष देखि शुरु भएको हाम्रो खुशी पाठ्यक्रम निर्माणको प्रारम्भीक छलफलले अब मुर्त रुपमा लिने चरणमा प्रवेश गरेको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । 
शुक्रबार देखि नगरपालिकामा हाम्रो खुसी पाठ्यक्रम सम्बन्धमा सरोकारवालाहरु लागि अभिमुखिकरण तथा कार्यशाला शुरु भएको छ । शुक्रबार कार्यशालाको पहिलो दिन नगर कार्यपालिका सदस्यहरु, नगर भित्रका सबै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति सदस्यहरु, वडा शिक्षा समितिका संयोजक तथा प्रतिनिधि, विषय शिक्षक, नगर शिक्षा समिति, पाठ्यक्रम लेखन तथा सम्पादन मण्डल, विज्ञ सदस्य समेतको सहभागितामा कार्यक्रम सञ्चालन भयो । कार्यक्रम पुस २५ गते सम्म सञ्चालन हुनेछ । 
नगरपालिकाले आफ्नो प्राथमिकताको कार्यक्रमको रुपमा अगाडी सारेको पाठ्यक्रमबारे समान बुझाईको बिकास गर्न सरोकारवालाहरु सहितको कार्यशाला आयोजना भएको नगर प्रमुख अधिकारीले बताउनुभयो । मानवको खुसी उसको जीवनसंग, व्यवहार संग र सभ्यतासंग जोडिएको विषय भएको भन्दै नगर प्रमुख अधिकारीले समाज परिवर्तन गर्ने असल बिचारको रुपमा खुसी पाठ्यक्रम निर्माण भइरहेको बताउनुभयो । उहाँले मानव इतिहाससंगै मानिसलाई खुशी रहन विभिन्न समयमा विभिन्न व्यक्तिहरुले प्रेरित गरेको बताउनुभयो । गौतम बुद्धले विश्वभर जागृत गर्नु भएको बिचारशिलता र रामले गरेको पराक्रमहरु मानिसको खुशीहरु संगै जोडिएको उहाँले बताउनुभयो । 
उहाँले निर्माणधिन पाठ्यक्रम सिकाई र व्यवहारमा आधारित हुने बताउनुभयो । हाल समाजमा देखिएका विभिन्न निराशाका संकेतहरु चिर्नका लागि समाज र मानव सभ्यता बुझ्ने जनशक्तिहरु आवश्यक रहेको उहाँले बताउनुभयो । 
मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरीले पाठ्यक्रम निर्माणमा शिक्षकहरु र विभिन्न जिम्मेवारीमा रहनु भएका सदस्यहरुले गरिरहनु भएको पहलहरु प्रशसंनीय रहेको भन्दै उहाँले निर्माण गर्ने पाठ्यक्रमले मध्यविन्दु  नगरपालिकाबाट देशभर सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो । 
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले स्थानीय सरकारको रुपमा मध्यविन्दु नगरपालिकाले नागरिकसंग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएका हरेक क्षेत्रमा सुधारको योजना सहित अगाडी बढेको बताउनुभयो । नगरपालिकाले विभिन्न पक्षहरु मध्ये शिक्षालाई प्राथमिकताका साथ अगाडी बढाउने क्रममा हाम्रो खुशी पाठ्यक्रमलाई समेत अगाडी बढाएको बताउनुभयो । प्रारम्भीक चरणबाट अहिले सम्मको अवस्थमा आई पुग्दा भोलिका दिनमा यसको थप औचित्य पुष्टि गर्ने दायित्व समेत सबैको भएको उहाँले बताउनुभयो । 
हाम्रो खुशी पाठ्यक्रम नगरपालिकाले लिएको वा पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्रको अथवा विद्यालयको कार्यक्रम होइन यो हाम्रो लागि आएको कार्यक्रम हो भनेर विद्यार्थी र आम अभिभावकहरु सम्म सन्देश प्रवाह गर्न आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । 
अहिले कक्षा १ देखि ८ सम्मका लागि पाठ्यक्रम लेखनको काम भइरहेको पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्रका संयोजक हरि देवकोटाले बताउनुभयो । लेखन तथा सम्पादन पस्चात यसलाई पूर्ण रुपमा लागु गरेर अगाडी बढिने उहाँले बताउनुभयो ।
पाँच दिन सम्म सञ्चालन हुने कार्यशालामा भारतबाट आउनु भएका प्रशिक्षक श्रवण कुमारले सहजिकरण गर्नुहुनेछ । यस अगाडी समेत विभिन्न चरणमा भएका कार्यशालाहरुमा उहाँले सहजिकरण गर्नु भएको थियो । 


# राष्ट्रिय # गण्डकी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ०% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै विनयी त्रिवेणीका कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र

कार्यसम्पादन सूचकको मुल्यांकनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

कावासोतीमा टप–नच इन्टरनेशनल एजुकेशन सञ्चालनमा

विनयी त्रिवेणी गाउँपालिका र कृषि ज्ञानकेन्द्र बीच छलफल

भर्खरको पोस्ट

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

ट्रेन्डिङ

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .