एमाले विनयी त्रिवेणीको अध्यक्षमा राजुबराल मगर सर्वसम्मत

त्रिवेणी न्युज

2024-06-08

कावासोती । नेकपा एमाले विनयी त्रिवेणी गाउँपालिका कमिटीको अध्यक्षमा राजु बराल मगर सर्वसम्मत निर्वाचित हुनु भएको छ । जेठ १८ गते उद्घाटन भएको दोस्रो गाउँपालिका कमिटीको अधिवेशनले राजु बराल मगरको नेतृत्वमा ६३ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको हो । 
निर्वाचित कमिटीका पदाधिकारी सहित कमिटी सदस्यहरुलाई शनिबार निर्वाचन मण्डलका संयोजक नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य सुर्यप्रसाद पाण्डेले पद तथा गोपनियताको शपथग्रहण गराउनु भएको छ । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा होमप्रसाद तिमिल्सिना, सचिवमा टुक बहादुर बैदवार, उपसचिवहरुमा सिता गहतराज र विष्णु प्रसाद चौलागाईं सर्वसम्मत निर्वाचित हुनु भएको हो । अधिवेशनबाट लेखा समिति संयोजकमा बालकृष्ण शर्मा सहित ३ सदस्यीय लेखा समिती समेत सर्वसम्मत निर्वाचित हुनुभएको छ ।  
नवनिर्वाचित कमिटीलाई बधाई ज्ञापन गर्दै अध्यक्ष मण्डलका अध्यक्ष समेत रहनु भएका एमाले नवलपुरका अध्यक्ष जिवन श्रेष्ठले पार्टीको सुदृणीकरण र मिसन २०८४ मा केन्द्रीत भएर निर्वाचित कमिटीले काम गर्नुपर्ने बताउनुभयो । उहाँले विगतमा घनश्याम गिरी नेतृत्वको पार्टी कमिटीले प्राप्त गरेको उपलब्धीलाई रक्षा गर्दै पार्टीलाई थप मजबुद गराउने दायित्व नवनिर्वाचित कमिटीको भएको बताउनुभयो । सर्वसम्मत गर्दा कतिपय पार्टीका सदस्यहरुको इच्छा र आकांक्षाहरु तत्काल पुरा नभएको देखिएपनि पार्टी कमिटी र अन्य थप जिम्मेवारी प्रदान गरेर उहाँहरुलाई समेत पार्टी काममा थप क्रियाशिल बनाउने उहाँले बताउनुभयो । 
नवनिर्वाचित गाउँपालिका कमिटीका अध्यक्ष राजु बराल मगरले पार्टी नेतृत्व र कार्यकर्ताले जुन विश्वासका साथ आफ्नो नेतृत्वमा गाउँपालिका कमिटीको जिम्मेवारी प्रदान गर्नु भएको छ । त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले विनयी त्रिवेणी गाउँपालिकामा अझै बलियो र जनप्रिय बनाउन आफु सदैव क्रियाशिल हुने बताउनुभयो । 
नवनिर्वाचित गाउँपालिका कमिटीको प्रथम बैठक शनिबार नै दुम्कीबासमा सम्पन्न भएको छ । बैठकले पार्टी वडा कमिटी तहको अधिवेशन तत्काल सम्पन्न गर्ने सहित सदस्यता नविकरणलाई प्रभावकारी रुपमा संगठित सदस्यहरु समक्ष लैजाने निर्णय समेत गरेको छ ।


# राजनिती # गण्डकी प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ०% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै विनयी त्रिवेणीका कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र

कार्यसम्पादन सूचकको मुल्यांकनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट

सर्दीक्षेत्रमा झिंगाको आतंक बढेपछि ह्याचरीमा गाउँपालिकाको अनुगमन

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

एमाले विनयी त्रिवेणीको प्रशिक्षण सम्पन्न

भर्खरको पोस्ट

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

ट्रेन्डिङ

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .