कांग्रेसमा मर्यादाक्रम विवाद : शेखर सहभागी कार्यक्रममा गएनन् पूर्णबहादुर

त्रिवेणी न्युज

2023-12-08


काठमाडौं । पार्टीभित्रको वरियता विवादले उपसभापति पूर्णबहादुर खड्का र नेता डा। शेखर कोइराला एउटै कार्यक्रममा सँगै उपस्थित हुन छाडेका छन् ।
हाल कांग्रेसमा सभापति शेरबहादुर देउवापछिको दोस्रो वरियतामा  उपसभापति खड्का छन् । तर देशका विभिन्न ठाउँमा भएका कांग्रेसको कार्यक्रममा सभापति देउवापछिको वरियतामा नेता कोइरालालाई राख्न थालिएको छ ।
उपसभापति खड्काले यस्ता कार्यक्रममा आफ्नो मर्यादा दोस्रो नहुने भए उपस्थित नै नहुने अडान लिएका कारण खड्का र कोइराला एउटै कार्यक्रममा सँगै नदेखिएका हुन् ।
कांग्रेसको लुम्बिनी प्रदेश समितिले १६ र १७ मंसिरमा पहिलो सम्मेलन आयोजना गर्‍यो । पहिलो कार्यक्रम भएकाले प्रदेश समितिले पार्टी सभापति देउवासँगै अरु शीर्ष नेताहरुलाई पनि बोलायो ।
सभापति देउवा, नेता शेखर कोइराला, महामन्त्रीहरु गगन थापा र  विश्वप्रकाश शर्मासहितका नेताहरु उपस्थित भए ।तर उपसभापति खड्का गएनन् । अर्का उपसभापति धनराज गुरुङ भने त्यतिबेला विदेशमा थिए ।
लुम्बिनी प्रदेशका एक नेताका अनुसार पहिलो प्रदेश सम्मेलन भएकाले खड्का पनि जान इच्छुक थिए । तर, पार्टी मर्यादाक्रममा सभापति देउवापछि आफू हुनुपर्ने उनको अडान थियो ।
लुम्बिनी प्रदेशका नेताहरुका अनुसार प्रदेश सभापति अमरसिंह पुनलाई उपसभापति खड्काले दोस्रो मर्यादाक्रम नभए आउन नसक्ने बताएका थिए । शेखर कोइराला पक्षका नेता पुन खड्कालाई दोस्रो मर्यादामा राख्न तयार भएनन् ।
‘आसन ग्रहण र बोल्ने क्रममा मर्यादाक्रममा पूर्ण दाइलाई शेखर भन्दा अगाडि बोलाउने अवस्था बन्यो’, खड्का निकट एक प्रदेश नेताले भने, ‘प्रदेश सभापतिको त्यो व्यवस्थापन केन्द्रीय उपसभापतिलाई मन परेन र, आउनुभएन ।’
लुम्बिनीका कांग्रेस महामन्त्री भुवन श्रेष्ठले सम्मेलनका लागि आमन्त्रणको पत्र आफूले नै खड्कालाई दिएको बताए । ‘मर्यादाक्रमको कारण नआउनु एउटा होला, आउनुभएन,’ श्रेष्ठले अनलाइनखबरसँग भने ।
१९ मंसिरमा ओखलढुङ्गाको पहिलो जिल्ला सम्मेलनमा सभापति देउवा, नेता शेखर कोइराला, महामन्त्री गगन थापा लगायतका नेताहरु सहभागी भएका थिए । ओखलुढुङ्गाको सम्मेलनमा पनि उपसभापति खड्कालाई लैजाने तयारी थियो । तर त्यतिबेला खड्का विदेशमा थिए ।
ओखलढुङ्गाबाट निर्वाचित सांसद रामहरि खतिवडाले भने, ‘पूर्ण दाइ नेपाल भएको भए उहाँलाई नै दोस्रो मर्यादामा राख्ने गरी लाने थियौं । पार्टी वरियता त्यही छ । अरुतिर के गरे मलाई थाहा छैन ।’


# राजनिती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ०% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै विनयी त्रिवेणीका कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र

कार्यसम्पादन सूचकको मुल्यांकनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट

सर्दीक्षेत्रमा झिंगाको आतंक बढेपछि ह्याचरीमा गाउँपालिकाको अनुगमन

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

एमाले विनयी त्रिवेणीको अध्यक्षमा राजुबराल मगर सर्वसम्मत

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

एमाले विनयी त्रिवेणीको प्रशिक्षण सम्पन्न

एनसेल बिक्री प्रकरणमा छलफल गर्न राज्य व्यवस्था समितिले प्रधानमन्त्री बोलाउने

एमाले नवलपुरले कात्तिक १८ गते चियापान कार्यक्रम गर्ने

भर्खरको पोस्ट

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

विनयी त्रिवेणी गाउँपालिकामा १३६ औं अन्तर्राष्ट्रिय श्रम दिवस भव्य रूपमा सम्पन्न

ट्रेन्डिङ

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .