कबिलासी नगरपालिकामा एमालेबाट मेयरका प्रत्यासी कर्ण सहित हजारऔ कार्यकर्ता कांग्रेसमा प्रवेश

त्रिवेणी न्युज

2023-09-25

गैर – नेकपा एमालेका नेता विनय कर्ण नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

 

कर्ण २०७४ सालको निर्वाचनमा एमालेको तर्फबाट सर्लाहीको कबिलासी नगरपालिकाको प्रमुखका प्रत्यासी थिए । उनी त्यसबेला तेस्रो हुन पुगेका थिए । उनै कर्णलाई बुधबार कविलासी नगरपालिका–७, स्थित गैर बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेसको मधेस प्रदेश समितिका सभापति कृष्णा यादव, प्रदेश उपसभापति एवं प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र प्रसाद सिंह र काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले फूलमाला र अबिर पहिर्याएर पार्टीमा प्रवेश गराएका हुन् ।

 

यस्तै, एमालेबाटै निर्वाचित कबिलासी नगरपालिका–८, अगर्वाका वडाध्यक्ष वीरेन्द्र प्रसाद साहसहित ठूलो संख्यामा अन्य पार्टीका कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका कांग्रेसका नेताहरुले दावी गरेका छन् । यसअघि तत्कालिन संघीय समाजवादी फोरमबाट नगरप्रमुखको प्रत्सासी ब्रम्हदेव राय पनि कांग्रेसमा प्रवेश गरिसकेका छन् ।

 

दोस्रो बढी मत ल्याएका राय निर्वाचन लगत्तै कांग्रेसमा आएका थिए । कविलासी नगरपालिकाको प्रमुखमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का कौशलकिशोर यादव निर्वाचित भएका थिए । पछिल्लो समय जनता समाजवादी पार्टीमा रहेका मेयर यादव भने अहिले नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा छन्


# राजनिती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी ( ०% )

दुःखी ( ०% )

अचम्मित ( ०% )

उत्साहित ( ०% )

आक्रोशित ( ०% )

प्रतिक्रिया

यो पनि पढौँ

विनयी त्रिवेणी गाउँपालिकाको नयाँ प्रशासनिक भवनको शिलन्यास

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै विनयी त्रिवेणीका कर्मचारीले बुझाए ध्यानाकर्षण पत्र

कार्यसम्पादन सूचकको मुल्यांकनमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट

सर्दीक्षेत्रमा झिंगाको आतंक बढेपछि ह्याचरीमा गाउँपालिकाको अनुगमन

विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवनलाई जग्गा उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

एमाले विनयी त्रिवेणीको अध्यक्षमा राजुबराल मगर सर्वसम्मत

कोटेघाटका एक सय बढी स्थानीय एमालेमा प्रवेश

एमाले विनयी त्रिवेणीको प्रशिक्षण सम्पन्न

कांग्रेसमा मर्यादाक्रम विवाद : शेखर सहभागी कार्यक्रममा गएनन् पूर्णबहादुर

भर्खरको पोस्ट

विनयी त्रिवेणी गाउँपालिकाको नयाँ प्रशासनिक भवनको शिलन्यास

जैविक मल उत्पादक सामुदायिक वनलाई प्रविधि हस्तान्तरण

विनयी त्रिवेणीमा प्रविधिमैत्री सिकाइ परियोजना सञ्चालन गर्न सम्झौता

विनयी त्रिवेणी गाउँपालिका नवप्रर्तन कार्यक्रमका लागि छनोट

ट्रेन्डिङ

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .