मुख्य समाचार

थप समाचार

विनयी त्रिवेणी गाउँपालिकाको नयाँ प्रशासनिक भवनको शिलन्यास

त्रिवेणी । नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको नयाँ प्रशासनिक भवनको आइतबार शिलन्यास गरिएको छ । गाउँपालिका अध्यक्ष घनश्याम गिरीले आईतबार बिहान भवन निर्माण स्थलमा विधिवत रुपमा भवनको शलन्यास गर्नु भएको हो । 
विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ मा निर्माण हुने भवन २०८४ असार १४ गते भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । भवन निर्माण कार्यका लागि बञ्जारा एण्ड कम्पनी प्रा.लि., काठमाण्डौं र गाउँपालिकाको कार्यालयबीच २०८२ पौष १९ गते दश करोड ५८ लाख २८ हजार उनान्असी रुपैयाँ ७६ पैसा कुल लागतमा निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । कुल १४ करोड ६७ लाख ४० हजार पाँच सय १९ रुपैयाँ आठ पैसामा भवन निर्माणको ठेक्का आह्वान भएकोमा बञ्जारा एण्ड कम्पनी प्रा.लि., काठमाण्डौंले दश करोड ५८ लाख २८ हजार उनान्असी रुपैयाँ ७६ पैसामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का आफ्नो पक्षमा पारेको थियो ।


भवन निर्माण स्थलको रुख कटान र माटो हटाउने कार्य सकिए पस्चात अब भवन निर्माणको कार्य अगाडी बढेको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले जानकारी दिनुभयो । भवन निर्माणको लागि उपयुक्त जग्गा उपलब्ध नहुदाँ लामो समय सम्म निर्माण कार्य अगाडी बढेको थिएन । २०८१ श्रावण १४ गते नेपाल सरकारको मन्त्रीपरिषद् निर्णयबाट विनयी त्रिवेणी गाउँपालिकाको प्रशासनिक भवन निर्माणको लागि ६ रोपनी जग्गा उपलब्ध गराउने निर्णय भए बमोजिम भवन निर्माणको अन्य प्रक्रिया अगाडी बढेको थियो । 
भवन निर्माण भएपस्चात हालको भवनबाट सेवा प्रवाहमा भईरहेको असहजता हट्ने गाउँपालिका अध्यक्ष गिरीले विश्वास व्यक्त गर्नुभयो । निर्धारित समयमा नै भवन निर्माण सम्पन्न गर्न गाउँपालिकाको तर्फबाट ठेक्केदार पक्षलाई आवश्यक सहजिकरण सहित नियमित रुपमा नियमन हुने अध्यक्ष गिरीले बताउनुभयो । 
भवन शिलन्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवती बैदवार, प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डित सहित विभिन्न वडाका वडाअध्यक्षहरु, गाउँ कार्यपालिका सदस्य, गाउँ सभा सदस्य, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । भवन शिलन्यास पूर्व बटुकहरुद्वारा स्वस्तिक बचान सहित आवश्यक धार्मिक विधि पुरा गरिएको थियो ।

राष्ट्रिय

थप समाचार

प्रहरीद्वारा सर्लाहीको १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट

2023-12-08

जाजरकोटमा भीरबाट लडेर महिलाको ज्यान गयो

2023-12-08

त्रिभुवन विमानस्थलबाट बरामद धातु सुन भएको पुष्टि

2023-12-08

प्रधानमन्त्रीलाई विप्लवको चेतावनी : जनताको मुख थुनेर सत्ता टिक्छ भन्ने नसोच्नुस्

2023-11-18

भूकम्प पीडितका लागि विनयी त्रिवेणी गाउँपालिकाले दुई लाख रुपैया सहयोग गर्ने

2023-11-05

भूकम्प पीडितका लागि मध्यविन्दु नगरपालिकाले दुई लाख रुपैया सहयोग गर्ने

2023-11-04

एमाले नवलपुरको चियापान कार्यक्रम स्थगित

2023-11-04

सुनसान बन्यो काठमाडौं उपत्यका

2023-10-23

नवनियुक्त कर्णाली प्रदेश प्रमुख परियारद्वारा पदभार ग्रहण

2023-09-25

भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न तयार छौ :मेयर रेनु दाहाल

2023-09-25

प्रहरीद्वारा अवैध सामान बरामद

2023-09-25

राजनिती

थप समाचार

कांग्रेसमा मर्यादाक्रम विवाद : शेखर सहभागी कार्यक्रममा गएनन् पूर्णबहादुर

2023-12-08

एमाले नवलपुरले कात्तिक १८ गते चियापान कार्यक्रम गर्ने

2023-11-02

भरतपुर ११ म धुमधाम का साथ जनयुद्ध दिवस

2023-09-25

अखिल क्रान्तिकारी भरतपूर-११ को ईन्चार्जमा क.सुबिज्ञ सापकोटा 'बिराज'

2023-09-25

कबिलासी नगरपालिकामा एमालेबाट मेयरका प्रत्यासी कर्ण सहित हजारऔ कार्यकर्ता कांग्रेसमा प्रवेश

2023-09-25

नवीन अधिकारि द्वारा माओवादी केन्द्र माडी ७ मा वार्ड अध्यक्षका रुपमा आफ्नो दाबी प्रस्तुत

2023-09-25

अर्थ-रोजगार

थप समाचार

भ्रम फैलाएर सेयर मूल्य प्रभाव पार्न खोज्नेलाई कारवाही गर्ने धितोपत्र बोर्डको चेतावनी


काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर मूल्यमा प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जाल वा सञ्चारमाध्यमार्फत टिप्पणी नगर्न चेतावनी दिएको छ । यसो गरेको पाइए कानुन बमोजिम कारवाही गर्नेसमेत बोर्डले चेतावनी दिएको छ ।

शुक्रबार सूचना जारी गर्दै बोर्डले विभिन्न सञ्चारमाध्यम तथा फेसबुक, युट्युब, क्लबहाउसजस्ता सामाजिक सञ्जालमार्फत नेप्से परिसूचक तथा सूचीकृत संगठित संस्थाको सेयरको मूल्यमा प्रभाव पार्नेगरी अभिव्यक्ति दिएको पाइएकाले त्यसो नगर्न चेतावनी दिएको हो ।

‘विभिन्न माध्यममा सेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित सेयरहरु खरिद वा बिक्री गर्न तथा खरिद वा बिक्री नगर्न उत्साहित गराउने उद्देश्यले अनाधिकृत तवरले अन्तरवार्ता र अभिव्यक्ति दिई बजारलाई प्रभावित पार्न खोजिएको गुनासो बोर्डमा आएकोले गम्भीर ध्यानाकर्षण भएको छ,’ बोर्डले जारी गरेकफ सूचनामा भनिएको छ, ‘धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैंले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोबारसम्बन्धी कसूर गरेको मानिने जानकारी गराइन्छ ।’

बजारको स्वतन्त्र रुपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन बोर्डले भनेको छ । सूचनाको बेवास्ता गरी त्यस्तो कार्य गरेको पाइएमा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही हुने बोर्डले चेतावनी दिएको छ । साथै लगानीकर्ताहरुलाई उक्साहटमा नलागी सुझबुझपूर्ण तवरमा लगानी गर्न पनि बोर्डले आग्रह गरेको छ ।

कर्मचारी सञ्चयकोषद्वारा जग्गा खरिद सापटीकर्जा सुरु

2023-09-25

मुस्ताङमा स्याउ उत्पादन बढ्यो

2023-09-25

च्याउ खेतीका लागि झुण्डाइएको प्लाष्टिका थैला

2023-09-25

विद्युत् आपूर्ति अनियमित हुँदा बाजुराका सञ्चारकर्मीलाई काम गर्न सकस

2023-09-25

नेपाल राष्ट्रिय उधाेग व्यापार संगठनको महानगर कमिटी निर्माण

2023-09-25

अन्तराष्ट्रिय

थप समाचार

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

२८ कात्तिक (रासस÷सिन्ह्वा) : चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीचमा शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले शनिबार जानकारी गराएको हो । उहाँहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चासोका विषयमा पनि कुराकानी गर्नुभएको भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले जानकारी दिनुभएको छ ।

 

यस फोनवार्ताका क्रममा चीन र अमेरिकाको द्धिपक्षीय सम्बन्ध, दुई देशबीचको द्धिपक्षीय व्यापारका साथै अन्य आपसी हितका साथै क्षेत्रीय र विभिन्न अन्तर्राष्ट्रिय मुद्धाहरुका विषयमा पनि उहाँहरुबीच कुराकानी भएको बताइएको छ ।चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट वार्ता हुने भएको छ । उहाँहरुबीच बेइजिङको स्थानीय समयानुसार आगामी नोभेम्बर १६ को बिहान सो वार्ता हुने भएको छ ।

 

सोही उच्चस्तरीय वार्ताको पूर्व सन्ध्यामा दुई देशका विदेशमन्त्रीबीच फोनवार्ता भएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले सो कुराको जानकारी दिनुभएको हो ।

स्वास्थ्य

थप समाचार

१८ वर्षभन्दा माथिका सबैलाई खोप

नेपाल–कोरियामैत्री अस्पतालमा निःशुल्क मुटु रोगको सेवा

2023-09-25

कोरोनाको नयाँ रुप ओमिक्रोन फैलिन नदिन निगरानी

2023-09-25

बागमती प्रदेशमा ६८ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

2023-09-25

त्रिवेणी न्युज एक समाचार पोर्टल हो जसले नेपाल र विश्वसँग सम्बन्धित नवीनतम र अद्यावधिक समाचार र जानकारी प्रदान गर्दछ। ताजा समाचारको अपडेटको लागि, हामीसँग रहनुहोस्।

सम्पर्क

  • Kawasoti, Nawalparsi (East)

  • 9847539304

  • info@triveninews.com

उपयोगी लिंकहरु

Copyright © 2026, Triveni News. All rights reserved.

Powered by Bitmap I.T. Solution Pvt. Ltd. .